राजनीति

महतो,महासेठ र पौडेल उपप्रधानमन्त्री बन्दै


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारमा आज तीन उपप्रधानमन्त्री नियुक्त गर्ने भएका छन् ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार ओलीले विष्णु पौडेललाई अर्थसहित उपप्रधानमन्त्री, जसपाका राजेन्द्र महतोलाई शहरी विकास तथा उपप्रधानमन्त्री र रघुबीर महासेठलाई परराष्ट्रसहित उपप्रधानमन्त्री बनाउन लागेका हुन्।

अहिले एमाले महासचिव ईश्वर पोखरेल उपप्रधानमन्त्री छन् । आजै ओलीले जनता समाजवादी पार्टीबाट १० जना मन्त्रीलाई पनि नियुक्त गरी शपथ खुवाउँदै छन् ।