राजनीति

एमाले दुवै पक्षको बैठक आज


काठमाडौँ – नेकपा एमालेको दुवै समूहको आज बैठक बस्दै छ । संस्थापन पक्षले स्थायी कमिटी र खनाल–नेपाल समूहले केन्द्रीय कमिटी बैठक आह्वान गरेका हुन् । संस्थापन पक्षको हिजो दिउँसो ४ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक आजसम्मका लागि स्थगित गर्दै आजको लागि सारेको हो । सारिएको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बोलाइएको छ ।

यस्तै नेकपा एमालेको त्यस्तै खनाल–नेपाल समूहले पनि आज केन्द्रीय कमिटी बैठक बोलाएको छ । उनीहरुले बिहान ११ बजेका लागि बैठक तय गरेकोे हो । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको खनाल–नेपाल समूहका नेताहरुले बताएका छन् । २०७५ सालको जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउनेबारे दुवै पक्षका दोस्रो र तेस्रो तहका नेताहरुले छलफल गरिरहेको समयमा खनाल(नेपाल समूहका केन्द्रीय कमिटी सदस्यहरुले छलफल गर्न लागेका हुन् ।
यसअघि ओली पक्षीय एमालको आईतबार बस्ने बनिएको स्थायी कमिटीको बैठक बारम्बार स्थगित हुँदा अस्ति मंगलबार बसेको थियो । बालुवाटारमा बसेको बैठकले पार्टी एकता जोगाउन अन्तिम समयसम्म प्रयास जारी राख्ने निर्णय गरेको थियो ।