देश

खाडी तथा मलेसियाबाट फर्किने नेपालीलाई पाँच दिन होटल क्वारेन्टाइन बसे पुग्ने


काठमाडौँ – वैदेशिक रोजगारीमा गएका खाडी मलुक तथा मलेसियाबाट फर्किने नेपालीलाई नेपाल आउँदा ५ दिन मात्र होटेल क्वारेन्टाइनमा बसे पुग्ने भएको छ । सरकारले उडान अनुमति खुला गरे ती मुलुकबाट फर्किने नेपालीका लागि नयाँ मापदण्ड बनाएको हो ।

सरकारले भारतमा साताको दुई र अन्य तीन मुलुक चीन, कतारमा साताको एक–एक वटा दुईतर्फी उडान गर्न सक्ने गरी अनुमति खुला गरेसँगै त्यहाँबाट आउने यात्रुलाई लक्षित गर्दै मापदण्ड बनाएको हो ।

यसअघि १० दिन होटेल क्वारेन्टाइन अनिवार्य गरिएको छ । मापदण्ड अनुसार वैदेशिक रोजगारीबाट आउने यात्रु पाँच दिन अनिवार्य होटेल क्वारेन्टाइनमा बस्नु पर्नेछ । होटेल क्वारेन्टाइनमा बसी पीसीआर परीक्षण नेगेटिभ आएपछि थप १० दिन होम क्वारेन्टाइनमा बस्ने गरी घरसम्म जान दिइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी दिनुभएको छ ।

मन्त्रालयले नेपाली तथा विदेशी नागरिकहरु विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड सार्वजनिक गर्दै यस्तो प्रावधान ल्याएको हो ।