राजनीति

पार्टी एकताका निम्ति अन्तिम समयसम्म प्रयास जारी राख्ने एमालेको निर्णय


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेले पार्टी एकताका निम्ति अन्तिम समयसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ ।

अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटीको मंगलबार बालुवाटारमा बसेको बैठकले एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

मंगलबारको बैठकले खनाल–नेपाल समूहका १२ नेतालाई कारबाहीबारे निर्णय नगरेको पनि ज्ञवालीले जानकारी दिनुभयो ।