राजनीति

वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न प्रधानन्यायाधीश सहमत


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएका छन् ।

यससँगै प्रतिनिधिसभा विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलास पुनगर्ठन हुने भएको छ । संवैधानिक इजलासमा रहेका न्यायाधीशद्धय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि कानून व्यवसायीहरुले प्रश्न उठाएपछि प्रधानन्यायाधीश जबरा र सर्वोच्च बार एशोसिएसनका पदाधिकारीहरुबीच छलफल भएको थियो ।

त्यसक्रममा संवैधानिक इजलाससम्बन्धी नियममै परिर्वतन गरेर वरिष्ठताका आधारमा बेञ्च गठन गर्ने व्यवस्था गर्न प्रधानन्यायाधीश जबरा सहमत हुनुभएको हो । प्रधानन्यायाधीश जबरा र सर्वोच्च अदालत बार एसोसियसनका पदाधिकारीबीचको छलफलमा संवैधानिक इजलाससम्बन्धी नियमावली परिवर्तन गरेर संवैधानिक परिषद् गठन गर्ने समझदारी बनेको हो ।

प्रधानन्यायाधीशलाई भेटेर फर्किएपछि पत्रकारहरूलाई जानकारी दिँदै वरिष्ठ अधिवक्ता शाक्ले संवैधानिक इजलास गठनलाई कसरी विवादरहित बनाउने भन्नेबारेमा छलफल भएको बताउनुभयो ।