राजनीति

अघिल्ला वर्षमा जस्तो मल अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्ला वर्षमा जस्तो मल अभावले हुन नदिन सरकारी तहमै मल खरिदका लागि प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्रीले अघिल्ला वर्षमा जस्तो मल अभावले किसानको गुनासो सुन्न आफू तयार नरहेको भन्दै प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । जुनसुकै हालतमा मल सबै किसानले पाउने गरि प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीले बैठकमा निर्देशन दिएका छन् ।

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकमा भारतसँग जि टु जि सम्झौताबाट नेपाललाई आवश्यक मल ल्याउने प्रक्रिया अघि बढाउने गरि प्रस्ताव गएको छ ।

भारतसँग सरकारी तहमै सम्झौता गरेर मल खरिद गर्ने प्रक्रिया तत्कालै थाल्ने गरि गरि मन्त्रिपरिषदबाट प्रस्ताव अघि बढेको एक मन्त्रीले बताउनुभयो । कृषि मन्त्री पद्मा अर्यालले मल अभाव हुन नदिन समयमै प्रस्ताव लगेका कारण यस वर्ष विगतको वर्षको जस्तो समस्या नहुने सरकारको दावी छ ।