समाज

बौद्धमा मृत भेटिए फ्रान्सेली नागरिक


काठमाडौँ – बौद्धमा एक फ्रान्सेली नागरिक मृत भेटिएका छन् । अन्दाजी ६५ वर्षका मार्क गेरार्ड कोठाभित्र मृतअवस्थामा भेटिएको बौद्ध प्रहरीले बताएको छ ।

राहदानी नम्बर ०८ सिके ०४१२३ का मार्क कोठा भित्रबाट बाहिर ननिस्केपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

उनी बौद्धको नयाँबस्तीको एक घरको भुईं तलामा डेरा गरि बस्ने गरेको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।