विदेश

चीनमा अब ३ सन्तान जन्माउन अनुमति


काठमाडौँ – चीनमा अब एक जोडीले ३ वटासम्म सन्तान जन्माउन सक्नेछन् । सोमबार चिनियाँ राष्ट्रपति सी चिनफिङले अध्यक्षता गरेको चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो बैठकले त्यहाँ एक जोडीले ३ सन्तान जन्माउन सक्ने नीति कार्यान्वयनमा ल्याएको हो ।

चीनमा युवाभन्दा बढी वृद्धवृद्धाको जनसंख्या बढी भएको हालैको जनगणनाले देखाएको थियो ।

साथै त्यहाँ महिलाभन्दा पुरुषको जनसंख्या बढी भएकाले विवाहको लागि पुरुषले महिला पाउन निकै गाह्रो भएको बताइएको थियो । यो नीतिले जनसंख्या बढ्ने र चिनियाँ जनसंख्याको ढाँचामा सुधार आउने चीन सरकारको अनुमान छ ।

यसअघि चीनमा एक सन्तानको नीति थियो । जसकाकारण चीनको जनसंख्यामा भारी कमी आएको थियो ।

तर सन् २०१६ यता चीनमा एक जोडीले २ वटा सन्तान जन्माउन पाउने नियम बनाइएको थियो । जनसंख्यामा सुस्त वृद्धि देखिएपछि फेरि ३ सन्तानको नीति लागू भएको हो ।