कोरोना विशेष

पूर्व प्रहरी नायब महानिरीक्षक खरेल कोरोनामुक्त


काठमाडौँ – नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक रमेश खरेल कोरोना मुक्त भएका छन् । सर्वसाधारण माझ बेग्लै छबि बनाएका खरेललाई कोरोना संक्रमण भएपछि गत वैशाख ३१ गते काठमाडौंको महाराजगन्जस्थित वीरन्द्र प्रहरी अस्पताल भर्ना भएको थियो । उनी आज अस्पतालबाट डिस्चार्ज भएर घर जादैंछन। उनलाई अस्पतालको आईसियु कक्षमा बसेर उपचार गराई रहेका थिए।

भलिबलको राष्ट्रिय खेलाडी रहेका खरेल नेपाल प्रहरीमा निडर प्रहरी अधिकृतका रुपमा परिचित थिए। नेपाल सरकारले सर्वेद्र खनालमा प्रहरी महानिरीक्षक नियुक्त गरेपछि खरेल राजिनामा दिएर सामाजिक अभियन्ताका रुपमा सकृय हुदैं आएका छन।

नेपाली प्रहरीबाट राजीनामा दिएका उनी सामाजिक अभियन्ताका रूपमा सक्रिय रहेका छन्