कोरोना विशेष

कोरोनालार्ई पराजित गर्न जनकपुरमा धार्मिक अनुष्ठान


काठमाडौँ – अहिलेको समग्र विश्वको परिपेक्ष्य एउटै भएको अवस्था छ । समग्र विश्व कोरोना संक्रमणको चपेटामा परेको र लाखौंको संख्यामा यसैका कारण मृत्यु भईसकेकाक छन् । नेपालको सन्दर्भमा पनि यो मिलेको छ । यहाँ पनि लाखौंको संख्यामा संक्रमित र हजारौंको संख्यामा मृत्यु भईसकेको छ ।
यस्तो अवस्थामा कोरोना नियन्त्रणभन्दा बाहिर गर्ईरहेको र सरकार आमजनतालाई स्वास्थ्य राख्न सक्षम नभएकोले भन्दैै विश्व कल्याणार्थमा आइतबार जनकपुरधाममा ११ औं दिनसम्म महामृत्युञ्जय मन्त्र जपसहित धार्मिक अनुष्ठानको सम्पन्न भएको छ ।

कोरोना संक्रमण पहिलो र दोश्रो चरण नसकिँदै तेस्रो चरणमा प्रवेश गर्न लागेकाले यसको रोकथाम तथा नियन्त्रण सरकारीस्तरबाट पनि ठोस ढङ्गले नभइरहेको बेला कोरोनाबाट मुक्ति दिलाउन एवं समाज कल्याणार्थ जनकपुरधाम वडा नम्बर ७ स्थित कैथबनिया कुट्टीमा जेठ ६ गते बिहीबारदेखि सवा करोड महादेवको पूजा गर्दै महामृत्युञ्जय मन्त्र जाप हवनसङ्गै समापन भएको छ ।

कुट्टीका महन्थ सुरज बाबाको आयोजना र वडा नम्बर ७ का वडा अध्यक्ष जानकीराम साहको संयोजनमा श्रीङ्गार कुञ्ज कैथबनिया कुट्टीमा विश्वव्यापी महामारी कोभिड–१९ को संक्रमणबाट मुक्ति मिलोस् भन्ने कामना सहित महामृत्युञ्जय मन्त्र जाप आरम्भ गरिएको थियो । अनुष्ठानमा सामाजिक दुरी कायम गर्दै मास्क लगाएर स्वास्थ्यका मापदण्डहरु पालना गरि श्रद्धालु दर्शन गर्न आएको वडाध्यक्ष साहले बताए ।

आराध्य देव भगवान महादेवको विशेष पूजा अर्चनाद्वारा सबैको स्वास्थ्य लाभको कामना सहित शान्ति स्थापनाको उद्देश्यले सवा करोड महामृत्युञ्जय मन्त्र जाप अनुष्ठानको आयोजना गरिएको उनले बताए ।