राजनीति

बाबुरामको पार्टी फेरि पनि फुट्ने आशंका, भन्छन् आ–आफ्नो बाटो लागौं


काठमाडौँ – जनता समाजवादी पार्टी विभाजनको अन्तिम अवस्थामा पुगेको बेलामा अध्यक्ष डा.बाबुराम भट्टराईले आ आफ्नो बाटो लाग्न सुझाएका छन् । अध्यक्ष भट्टराईले समयले नयाँ ध्रुवीकरण खोजेको भन्दै मान्छे तानातान र किनबेचको तानातान नगरी आ आफ्नो बाटो लाग्न जसपा नेताहरुलाई प्रस्ताव गरेका हुन् ।

अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति भएको भन्दै उनले समयले नयाँ ध्रुवीकरण खोजेको बताए । उनले भेडालाई भेडाकै हुलमा र बाख्रालाई बाख्राकै हुलमा बस्न शोभनीय र उचित हुने भन्दै तमासा गर्न पनि सुझाएका छन् ।

‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो । नयाँ निर्माणका निम्ति पुरानो भत्कनैपर्छ । समयले नयाँ ध्रुवीकरण खोज्दैछ । अतः मान्छे तानातान र किनबेचको तमासा नगरौं । भेडा भेडासँग र बाख्रा बाख्रा सँग हुन दिऊँ । हात मिलाएर आ आफ्नो बाटो लागौं । हिडिरहे फेरि भेटहुनेछ ।’ अध्यक्ष भट्टराईले भनेका छन् ।