राजनीति

एमसीसी कार्यान्वयनका लागि बजेट छुट्याइनु राष्ट्रघाती कदम : भीम रावल


काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले अमेरिकी आर्थिक अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयनका लागि बजेट छुट्याइनु राष्ट्रघाती कदम भएको बताउनुभएको छ ।

नेता रावलले सामाजिक सञ्जाल ट्वीटरमा एक सन्देश लेख्दै नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा घात पार्ने एमसीसी संसदबाट अनुमोदन नभएको अवस्थामा त्यसको कार्यान्वयनका लागि बजेट विनियोजन गर्न नमिल्ने बताउनुभएको छ ।

रावलले सामाजिक सञ्जाल ट्विटरमा लेख्नुभएको छ “नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा आघात पार्ने र संसदबाट अनुमोदन नै नभएको एमसीसीसंगको सम्झौता कार्यान्वयनका लागि प्रमं केपी नेतृत्वको सरकारले बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन र व्यवहारकै परिणाम हो ।यस्तो लम्पसारवादी कुकार्यको देशभक्त नेपालीहरूले विरोध गरौं”