अर्थनीति

औषधि खरिदका लागि ५ अर्ब ६० करोड बजेट बिनियोजन


काठमाडौँ – सरकारले औषधि खरिदका लागि ५ अर्ब ६० करोड बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले शनिबार अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/ ७९ को बजेट प्रस्तुत गर्दै औषधि खरिदका लागि ५ अर्ब ६० करोड रुपैयाँ बजेट बिनियोजन गरेको जानकारी गराउनुभयो ।

अर्थमन्त्री पौडेलले निशुल्क रुपमा उपलब्ध गराउँदै आइरहेको ७० प्रकारको औषधि सबै स्वास्थ्य संस्थामा उपलब्ध हुने बताउनुभयो ।