समाचार

नेपाल भ्रमण आउदा एक महिनाको भिसा निशुल्क


काठमाडौँ – सरकारले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई एक महिनाको भिसा नि:शुल्क उपलब्ध गराउने भएको छ।

शुक्रबार सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाल भम्रणमा आउने विदेशीलाई एक महिनाको भिसा निस्शुल्क उपलब्ध गराइने बताए।

पर्यटन प्रवर्द्धन र पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायको उत्थानका लागि निजामती कर्मचारीलाई १० दिनको तलब बराबरको पर्यटन कागज दिइने पनि मन्त्री पौडेलले जानकारी दिए।