देश

देश र नागरिकप्रति प्रतिबद्ध छौँ, नेतृत्वलाई खबरदारी गरिरहने छौँ : अध्यक्ष शेर्पा


काठमाडौँ – योहो टेलिभिजनका अध्यक्ष आङकाजी शेर्पाले राष्ट्र, राष्ट्रियता, भावानात्मक एकता, सार्वभौमिकता र अखण्ड नेपाललाई अक्षुण्ण राख्न टेवा पुग्ने गरि भूमिका निर्वाह गर्न कटिवद्ध रहेको बताउनुभएको छ ।

टेलिभिजन तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै जनताको विश्वासलाई कायम राख्दै अझै जनपक्षीय समाचार सामग्रीहरु तयार गर्दै जाने अठोट गर्नुभएको छ । कोरोना महामारीको बीचमा पनि खोजमुलक तथ्ययुक्त सन्तुलित समाचार सम्प्रेषण गर्ने र सदैव नीति निर्माता तथा राज्यका अंगहरुलाई सचेत गराउने कर्ममा दृढ रहेको अध्यक्ष शेर्पाले बताउनुभएको छ ।

अध्यक्ष शेर्पाले महामारीको समयमा समेत अलिकति पनि विचलित नभई आफ्नो जिम्मेवारीलाई गहन रुपमा लिने टेलिभिजनका सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, कर्मचारीहरुको उच्च मुल्यांकनसहित प्रशंसा गर्नुभएको छ । टेलिभिजनसँग सहकार्य गर्ने सम्पूर्ण शुभचिन्तक, विज्ञापनदाता, आम दर्शक महानुभावहरुप्रति अध्यक्ष शेर्पाले आभार प्रकट गर्नुभएको छ ।

आगामी दिनमा पनि रचनात्मक सुझावसहित साथ सहयोगको उहाँले अपेक्षा गर्नुभएको छ । आगामी दिनमा योहो टेलिभिजनलाई थप परिस्कृत, स्वस्थ प्रतिस्पर्धात्मक, आधुनिक प्रविधिमैत्री बनाउने सञ्चालक समितिको योजना रहेको छ ।