देश

उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने २२ सय ४४ सवारी साधन प्रहरीको नियन्त्रणमा


काठमाडौँ – काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा उल्लंघन गर्ने पछिल्लो २४ घण्टामा २ हजार २ सय ४४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ५ सय ४८ वटा गाडी र १ हजार ६ सय ९६ वटा मोटरसाइकल रहेका छन् ।

नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ गरी छोडिएको छ । साथै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १ हजार २ सय जनालाई नि शुल्क मास्क वितरण गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ५ सय ९७ जनालाई संक्रामक रोग ऐन, २०२० अनुुसार ६१ हजार ५ सय रुपैयाँ जरिवाना गरिएको छ । ३ हजार ७ सय ८२ जनालाई भने रोकी सम्झाई बुझाई छाडिएको छ ।