राजनीति

प्रधानमन्त्री ओलीको आग्रह : निर्वाचनका लागि सबै राजनीतिक दल सरकारमा आउनुस्


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका लागि सबै पार्टीलाई सरकारमा आउन आग्रह गर्नुभएको छ । शुक्रबार प्रधानमन्त्री ओलीले सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा आफूले लोकतान्त्रिक प्रणालीलाई ध्यानमा राखेर निर्वाचन घोषणा गरेको भन्दै सबै पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले निर्वाचनमा जानु प्रतिगमन नभइ ताजा जनादेशमा जान पनि सबैमा आग्रह गर्नुभयो । साथै उहाँले पार्टी र संसदीय दलको संस्थागत निर्णयलाई धज्जी उडाउने काम भएपछि आफ्नो सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेको बताउनुभयो ।