राजनीति

संसद् विघटनविरुद्ध सुनुवाई गर्न पाँच जनाको संवैधानिक इजलास गठन


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलास गठन गरेका छन्।

प्रतिनिधिसभा विघटनलगायत विषयमा परेका ३० रिटको सुनुवाइ गर्न प्रधानन्यायाधीश राणाले संवैधानिक इजलास गठन गरेका हुन्।

पाँच सदस्यीय संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र वमकुमार श्रेष्ठ छन्।

संसद् विघटनसम्बन्धी परेका ३० वटा रिटको सुनुवाइ आजदेखि संवैधानिक इजलासमा हुँदै छ । त्यसैका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजसालमा चार जना न्यायाधीश थपेका हुन् ।