देश

धरानको प्रहरी चौकीमा दुई समूहबीच झडप, खुकुरी प्रहारबाट असई घाइते


काठमाडौँ – धरानको एक प्रहरी चौकीमा दुई समूहबीच झडप भएको छ । स्थानीय युवाको दुई समूहबीच भएको झडपलाई रोक्न खोज्दा चौकीका इन्चार्ज घाइते भएका छन् । स्थानीय युवाको एउटा समूह उजुरी लेख्न आएकै बेला पछिपछि आएको अर्को समूहले चौकी भित्र आक्रमण गर्न खोज्दा त्यसलाई रोक्न खोज्दा चौकी इन्चार्ज घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले जानकारी गराउनुभयो ।

धरान–१५ मा रहेको अस्थायी प्रहरी चौकीमा ७–८ जनाको समूहको खुकुरी प्रहारबाट चौकीका इञ्चार्ज असई सुमन दाहाल घाइते भएका हुन् । घाइते दाहाललाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि भर्ना गरिएको छ ।