राजनीति

प्रतिनिधि सभा विघटनविरुद्धका १९ रिटको सुनुवाई आज


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमविरुद्ध सर्वोच्च अदालतमा परेका रिट मध्ये आज १९ रिटमाथि सुनुवाइ हुँदै छ । आन्तरिम आदेश माग्दै परेका १९ रिटहरु एकै प्रकारका रहेकाले ती रिटलाई एकै ठाँउ राखेर सुनुवाई गर्न लागिएको सर्वोच्च अदालतले जनाएको छ ।

अदालतमा परेका १९ रिटको आज साधारण इजलासमा सुनुवाइ हुने भएको हो। यी रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले १० बजे इजलास तोक्नेछ । प्रधानमन्त्रीले यसअघि सर्वोच्चले फैसला अनुसार सबै सरकार गठनका विकल्प पुरा नगरेको आरोप लगाइएको छ । संविधानको ७६ को धारा ३ अनुसार बनेको सरकारले विश्वासको मत लिन नसकेको र प्रधानमन्त्रीले राजीनामा पनि नदिईको अवस्थामा वा प्रधानमन्त्री बाहाल रहेकै अवस्थामा नयाँ सरकार गठन आह्वान पूर्व फैसाला विपरीत भएकोले सरकार गठनका सबै विकल्पको पूर्ण कार्यान्वयन नगरी विघटन गर्न नमिल्ने भनि अन्तरिम आदेश माग गरेका छन् ।

विपक्ष गठबन्धनका १४६ सांसदसहित कानून व्यवसायीले यसै विषयमा ३० वटा रिट दायर गरेका छन्। बाँकी रहेका ११ रिटमाथि भने शुक्रबार संवैधानिक इजलासमा सुनुवाई हुने छ । १९ वटा रिटको साधारण इजलासमा सुनुवाइ तोकिएको हो भने पाँच दलका १४६ सांसदले दिएको सहित ११ रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुनेछ।