राजनीति

सुदूरपश्चिम सरकारको समर्थन फिर्ता नलिने निर्णय,केन्द्रको निर्देशन ठाडै अस्वीकार


काठमाडौँ – नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।

कोभिड लगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने र यसबारे सबै दलहरुसँग छलफल गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य पूर्णा जोशीले जानकारी दिइन् ।
यसअघि एमाले केन्द्रले समर्थन फिर्ता लिने निर्णय गरिसकेको थियो । आज बसेको बैठकको छलफलबाट माओवादी केन्द्रकै वर्तमान सरकारलाई निरन्तरता दिने भएको हो ।