Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

पर्यटन

कामीरिता काठमाडौँ फर्किँदै, २६ औं पटकको आरोहण रद्द


काठमाडौँ — आफ्नै कीर्तिमान तोड्दै हालै २५ औं पटक सगरमाथाको चुचुरोमा पाइला राखेर विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पाले २६ औं पटकको आरोहण रद्द गरेको जनाएको छ । शेर्पा आज काठमाडौँ फर्किने भएका छन् ।

एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गर्ने तयारीमा रहेका शेर्पा आफ्नो परिवारको अनुरोधमा २६ औं पटकका लागि तय गरिएको आरोहण रद्द गरेको हो । शनिबारका लागि सगरमाथा चढ्ने योजना बनाएको शेर्पाले सोमबार काठमाडौँ फर्किने कार्यक्रम थियो । तर मौसमको खराबीले हेलिकप्टर आउन सकेपछि मंगलबार काठमाडौँ फर्किने भएको छ ।

शेर्पाको नेतृत्व गर्ने भारतीय सैनिक लगायतको ३६ जनाको टोलीलाई तीन दिनअघि तेस्रो क्याम्पसम्म पुर्‍याएर आधार शिविर फर्किएको शेर्पाले जानकारी दिनुभयो ।

शेर्पाका अनुसार अबका ५ दिन सगरमाथा आरोहणका लागि मौसम खराब छ । शनिबार मौसममा सुधार आउने भनिएकाले केही आरोहीहरु शनिबार चुचुरोमा जाने योजनामा आधार शिविरमा छन् ।

यो सिजनकालागि ४ सय ८ जनालाई सगरमाथा आरोहणको अनुमति दिएको छ । यीसहित सगरमाथा आधार शेर्पा, गाइड लगायत करिब २ हजार मानिस आधार शिविरमा पुगेका थिए ।