राजनीति

मुगुमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन


काठमाडौँ – प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर असंवैधानिक कदम चालेका भन्दै मुगुको गमगढी बजारमा विद्यार्थी संगठनले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् । सोमबार साँझ ७ बजेतिर तीन वटा विद्यार्थी संगठनले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् ।

नेपाल विधार्थी संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियु विद्यार्थी संगठनले प्रतिनिधिसभा विघटनको विरुद्धमा गमगढी बजारको कृष्णचोकमा राष्ट्रपति भण्डारीको र प्रधानमन्त्री ओलीको संयुक्त पुत्ला दहन गरेका हुन् । प्रतिनिधिसभा विघटन गरी मध्यवधि निर्वाचन घोषणा गरेको विरोधमा पुत्ला दहन गरिएको विद्यार्थी संगठनको भनाइ छ ।