राजनीति

झलनाथ खनाल भन्छन् : ओली कम्युनिस्ट आन्दोलनको गद्दार हो, कारबाहीको ओचित्य छैन


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीले आफूहरुलाई कारबाही गर्नुको कुनै अर्थ नरहेको बताउनुभएको छ । सोमबार बसेको एमाले स्थायी कमिटि बैठकले झलनाथ खनाल, माधव कुमार नेपालसहित ११ जना सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ ।

एमालेले पार्टीबाट निष्कासन गरेपछि नेता खनालले प्रतिक्रिया दिँदै ओलीलाई कम्युनिष्ट आन्दोलनकै गद्दार भएको आरोप लगाउनुभएको छ । केपी शर्मा ओली कम्युनिस्ट आन्दोलनको गद्दार हो, कारबाहीको ओचित्य छैन,’ खनालले भन्नुभयो ।

एमालेको यसअघि बसेको स्थायी कमिटिको बैठकले खनाल–नेपाल सहितका ११ जनालाई स्पष्टीकरण सोधेको थियो । तर, उनीहरु कसैले पनि स्पष्टीकरण बुझाएका थिएनन् ।