राजनीति

एमालेद्वारा सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय


काठमाडौँ — नेकपा एमालेले सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले जानकारी गराएका छन् ।

एमालेले समर्थन फिर्ता लिएको ३० दिन भित्र मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ ।