देश

सुनसरीबाट ३५ किलो गाँजा बरामद, अभियुक्त फरार


काठमाडौँ – सुनसरी प्रहरीले आइतबार राति धरान उपमहानगरपालिका–६ स्थित सेरा खोला पुलबाट ३५ किलो गाँजा बरामद गरेको छ । प्रहरी चौकी पानबारीबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकलमा सवार दुई जना बोरा फालेर भागेका थिए।

प्रहरीले बोरा तलासी गर्दा प्लाष्टिकमा प्याक गरी राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।