राजनीति

विपक्षी गठबन्धनले दायर गरेको रिटमा नेपाल पक्षका २५ जनाले गरे हस्ताक्षर, गोकर्ण विष्टले भने गरेनन्


काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै दायर हुन लागेको रिट निवेदनमा एमालेको माधव नेपाल पक्ष २५ जनाले हस्ताक्षर गरेका छन्।

शुक्रबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै राष्ट्रपतिलाई सुझाइको पत्रमा नेपाल पक्षका २७ जनाले हस्ताक्षर गरेको भनिए पनि रिट निवेदनमा हस्ताक्षर गर्ने भने जम्मा २५ जना पुगेका छन्। संसद्को लेखा समितिको हलबाट बाहिँरिँदै नेपाल पक्षका सांसद झपट रावलका अनुसार नेता गोकर्ण बिष्ट बिरामी भएको कारण हस्ताक्षर गर्न अनुस्थित रहे । त्यस्तै अर्का एकजनाको भने उनले नाम लिएनन् । ती नेताले नेपाल पक्षको साथ छाडेको अनुमान गरिएको छ।

त्यस्तै जसपाको उपेन्द्र यादव पक्षका १२ जना सांसदले रिट निवेदनमा हस्ताक्षर गरेको दाबी गरिएको छ। सांसद प्रदीप यादवले आफ्नो पक्षका १२ जनाले उपस्थित भइ देउवाको पक्षमा हस्ताक्षर गरेर नागरिकता बुझाएको बताए। त्यस्तै कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ र जनमोर्की दुर्गा पौडेलले पनि देउवाको पक्षमा हस्ताक्षर गरेकी छन्। रिट निवेदन तयार पार्न संलग्न कांग्रेसका एक नेताका अनुसार प्रधानमन्त्री बन्न प्रतिनिधिसभाका १३६ जना चाहिने भए पनि १४९ जना पुगेका छन्। यसअघि वैशाख २७ गते ओलीले विश्वासको मत लिँदा नेपाल पक्षका २७ जना अनुपस्थित भइ असहयोग गरेका थिए।