राजनीति

बजेट अध्यादेशमार्फत नै आउँछ : प्रधानमन्त्री ओली (भिडियोसहित)


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ मा अध्यादेशमार्फत बजेट ल्याइने बताएका छन् । आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले भने, १५ गते बजेट स्वभाविक रुपमा अध्यादेशबाट आउने हो ।

ओलीले भने, बजेट सस्तो लोकप्रियता अथवा चुनाव सकिएपछि परिणाम आइसकेपछि यो सरकार बन्नुभन्दा अगाडि दूरगामी महत्वका जस्ता काम भएका थिए, त्यस प्रकारले देशको भविष्यप्रति गैरजिम्मेवार भएर आउँदैन ।’