कोरोना विशेष

कोरोनाको दोस्रो लहर : रोकथामका लागि के गर्दैछन् सरोकारवाला ?


काठमाडौँ – नेपाली नागरिक यतिखेर कोरोना भाइरस संक्रमणका कारण रोग र भोकको कष्टमा छन् । देश नै कोरोना संक्रमणको रोकथाम र नियन्त्रणको लडाइँमा लाग्नुपर्ने वेला राजनीतिमा बेमौसमी संकट चुलिएको छ । सरकारमा रहेकाहरु यतिबेला निर्वाचनतर्फ होमिएको उद्घोष गरिरहेका छन् भने विपक्षीहरु संविधानको चीरहरण भएको भन्दै विपत्तिमा देखिन्छ ।

अस्पतालमा अक्सिजन अभाव छ । बेड छैन । दिनदिनै हजारौ संख्यामा संक्रमित थपिएका छन् । तर, विपदका वेला नागरिकलाई सुरक्षित राख्ने दायित्वबाट चुकेको सरकार बेमौसमी राजनीतिक संकटमा उद्यत रहेको भन्दै सर्वसाधारणले कडा आक्रोश व्यक्त गरेका छन्

यता सरोकारवाहरुलाई पनि सरकारको काम कार्वाही चित्त बुझेको छैन । यो संकटको बेला जनताको जीवन रक्षामा लागि पर्ने बेला आफ्नै कुर्सिमा लछाचुडी गर्नु लजास्पद भएको उनीहरु बताउछन् । यो बेलामा राजनितिक अस्थिरताले मानव अधिकारको समेत हनन भएको उनीहरुको दाबी छ । यसै बिषयमा टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीसँग गरिएको कुराकानी :