राजनीति

संसद विघटनविरुद्ध काठमाडौँमा नेविसंघको मसाल जुलुस


काठमाडौँ – शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको असंवैधानिक घोषणाको विरोध गर्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले मसाल जुलुस निकालेको छ । नेविसंघ केन्द्रीय समितिको निर्देशनमा नेविसंघ कोटेश्वर क्याम्पस इकाइले काठमाडौंको जडिबुटीमा मसाल जुलुस निकालेको हो ।

संविधानविपरित नै प्रधानमन्त्री र राष्ट्रपतिले संसद विघटन गरेको उनीहरूको आरोप छ । मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको थियो । सरकारले जारी गरेको निषेधाज्ञा अवज्ञा गर्दै नेविसंघ केन्द्रीय समितिको निर्देशनमा विभिन्न क्याम्पस अगाडि शनिबार साँझ मसाल जुलुस निकालिएको थियो ।