काठमाडौँ नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) को माधव पक्ष निकट विद्यार्थी संगठनले संसद विघटनविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
शनिबार माओदी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) अध्यक्ष रजित तामाङ र नेपाल निकट विद्यार्थी संगन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले संयुक्त विज्ञप्ति जारी गर्दै संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
उनीहरुले कोरोना महामारी र निशेधाज्ञाकाबीच स्वास्थ्य सतर्क अपनाउदै आन्दोलित हुने भन्दै विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
विरोधका कार्यक्रममा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला बनाई सार्वजानिक स्थानमा झण्डाउने, पुत्लालाई उल्टो बनाई बिरोध गर्ने, सरकारका मन्त्रीलाई कालो झण्डा देखाउने, सार्वजानिक बहिष्कार गर्ने र मन्त्रीका गाडी चल्न नदिने लगायत छन् ।
प्रतिक्रिया