राजनीति

गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भयो : नेता खनाल


काठमाडौँ– नेकपा एमाले वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री र राष्ट्रपतिले गणतन्त्र समाप्त पार्न खोजेको आरोप लगाएका छन् ।

शनिबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै खनालले राष्ट्रपति र प्रधानमन्त्रीबाट राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र भएको बताएका हुन् ।फेसबुकमार्फत् नेता खनालले गणतन्त्र समाप्त पार्ने योजना असफल बनाउन सबै पक्ष एकजुट हुन नेता खनालले आह्वान समेत गरेका छन् ।

उनले लेखेका छन्,– ‘राष्ट्रपति र प्रधानमन्त्रीबाट राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र भएको छ । यो कदम कदापि क्षम्य हुने छैन । यो संविधान विरोधी, प्रतिगामी तानाशाही कदम हो । यस कदमको म घोर भर्त्सना गर्दछु र प्रतिवादका लागि सबै देशभक्त, संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुलाई एकजुट हुन आह्वान गर्दछु ।’