राजनीति

नेतालाई जनताभन्दा कुर्सी प्यारो,उत्रियो सरकारको मुखुन्डो (भिडियोसहित)


काठमाडौँ – केही दिन शान्त देखिएको नेपाली राजनीतिमा फेरि रस्साकस्सी सुरु भएको छ । कोरोनाले देश नै संकटमा परिरहेको अहिले अवस्थामा राजनीतिक दलहरुको प्राथमिकता के रहेछ भन्ने कुरा पुनः एक पटक उजागर भएको छ । अर्थात नागरिक उपचार अभावमा मृत्युवरण गरिहँदा पनि नेताहरु सत्ताका लागि कतिसम्म गिर्न सक्छन भन्ने प्रष्ट भएको छ । अहिले नेपालमा दैनिक २ सयको हाराहारीमा कोरोना संक्रमितको मृत्यु भईरहेको छ भने ८ हजार बढिमा संक्रमण पुष्टि हुदै आएको छ ।

सरोकारवालाहरुले स्वाथ्य संकटकाल घोषणा गर्न आग्रह गरिसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै हाम्रो स्वास्थ्य प्रणाली नै संकटमा परिसकेको स्वीकार गरिसकेका छन् । कोरोना महामारीका कारण देश दिनप्रतिदिन अझ संकटमा धकेलिदै गएको छ । जीवनदायीनी मानिएको खोप आयात हुन सकेको छैन भने यो अवस्था कहिले अन्त्य हुने हो कुनै टुङ्गो छैन । तर यो अचानक सिर्जना भएको अवस्था हैन ।

जनस्वास्थ्यविद्हरुले धेरै अघि नै दोश्रो लहरको चेतावनी दिईसकेका थिए । पहिलो लहरबाट नचेतेको सरकारले अन्य देशमा भयावह बनेको दोश्रो लहरलाई बेबास्ता ग¥यो । गनुपर्ने पूर्वतयारीमा चुक्यो भने सत्ता र कुर्सीको खेल नै आफ्नो प्राथमिकतामा पा¥यो । त्यसैको परिणाम आज आम नागरिक व्यहोरिरहेका छन् । तर अवस्था अहिले पनि उस्तै छ । आँखै अघाडि अहिले देखिएको संकटबाट पनि सरकार अझै चेतेको छैन । देश महामारीले हायलकायल बन्दा र संक्रमितले उपचार अभावमा अन्तिम सास फेर्दा पनि सरकारले आफ्नो जिम्मेबारी महसुस गरेको छैन ।

अस्पतालहरुका वेडको संख्या थप्न, आवश्यक औषधी र अक्सिजन अभाव हटाउन र खोप आयातमा कसैको ध्यान गएको छैन । कामकुरो एकातीर कुम्लो बोकी ठिमितिर भनेझै सरकार महामारीको यो घडिमा समेत निर्वाचनको मुडमा देखिएको छ । भाच्चिने तर न निहुरिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्ती र राष्ट्रपतीको साथको परिणाम आम नागरिकले भोगिरहेका छन् । यसैपनि महामारी नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको बरु उल्टै महामारीको कारक बनेको सरकारले अझै जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको छैन ।

महामारीले यतिवेला जनता र राष्ट्रका लागि राजनिति गरेको भन्नेहरुको मुखुण्डो उतारिदिएको छ । सरकारमा भएकालाई जनताको ज्यान प्यारो कि सत्ता प्रष्ट बनाईदिएको छ । जसबाट विपक्षी दलहरु पनि अछुतो छैनन् । सरकारलाई जिम्मेबार बन्न दबाव दिन सक्ने विपक्षीहरु पनि सत्ता स्वार्थ मै लिप्त छन् । हिजो सडकमा हजारौ मानिस उतारेका उनीहरु महामारीको जिम्मेबारी लिन तयार छैनन् । तर यति भन्दैमा प्रणाली र संयन्त्र आफ्नो हातमा भएको सरकारको यो अर्कमण्यता भने क्षम्य हुन सक्दैन ।