राजनीति

ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले साँझ ७ बजेका लागि बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ । ओलीले विपक्षी दलले नयाँ सरकारको दावी पेश गरेको दुई घण्टा नबित्दै बैठक बोलाउनु भएको हो ।

विपक्षीले १४९ सदस्यसहित नयाँ सरकारको दावी गरेसँगै ओलीले पनि १५३ सदस्यसहित नयाँ सरकारको दावी पेश गर्नुभएको छ ।