राजनीति

देउवाको दावी शीतल निवासमा दर्ता, राष्ट्रपतिले कानुनविद्संग परामर्श गरेर निर्णय गर्ने


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर विपक्षी गठबन्धन शितल निवासबाट फर्किएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, माओबादी अध्यक्ष प्रचण्ड ,उपेन्द्र यादव सहित राष्ट्रपतिलाई भेटेर शितल निवासबाट बाहिरिएको स्रोतले जानकारी दिएको छ ।

विपक्षी गठबन्धन सिंहदरबारमा छलफल गर्दै शीतलनिवास पुगेको हो । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दाबी गर्दै १४९ जना सांसदको पत्र राष्ट्रपति कार्यालयमा दर्ता भएको छ । एमाले नेता माधव कुमार नेपाल समेतका नेताहरुले राष्ट्रपतिलाई भेटेर बहुमत हस्ताक्षर सहितको दाबी दर्ता गराएका हुन् ।

राष्ट्रपतिले संविधान र कानून हेरेर विज्ञहरुसित सल्लाह गरेपछि निर्णय लिने बताएको शीतलनिवास पुगेका एक नेताले जानकारी दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलुका पाँचबजेसम्म दलहरुले संविधानको धारा ७६(५) बमोजिमको सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।