राजनीति

विपक्षी गठबन्धनभन्दा १० मिनेट अगाडि पुगे ओली शीतलनिवास


काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा १४९ जना सांसदको हस्ताक्षर लिएर नेताहरु पुग्नुअगावै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतलनिवास पुग्नुभएको छ । १० मिनेट पहिले नै प्रधानमन्त्री शीतलनिवास पुगेको स्रोतले जानकारी दिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले बेलुका पाँचबजेसम्म दलहरुले संविधानको धारा ७६(५) बमोजिमको सरकार गठनका लागि आह्वान गर्नुभएको थियो । विपक्षी गठबन्धन सिंहदरबारमा छलफल गर्दै शीतलनिवास पुगेको हो ।

विपक्षी गठबन्धनले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई भावी सरकारको प्रधानमन्त्री बनाउने प्रस्ताव सहित १४९ सांसदको हस्ताक्षर बोकेर शीतलनिवास पुगेको हो ।