राजनीति

सरकार बनाउन विपक्षी तीन दलसहित एमालेको नेपाल पक्षले सिंहदरबारमा निर्णायक वार्ता गर्ने


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयअवधि भित्रै नयाँ सरकार बनाउनेबारे विपक्षी तीन दलसहित एमालेको एक पक्षले निर्णायक वार्ता गर्ने भएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेका माधवकुमार नेपाल पक्षले अपराह्न कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा निर्णायक छलफल गर्ने बताइएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको सर्वदलीय बैठक सकिएको छ । सर्वदलीय बैठकमा नयाँ सरकार बनाउनेबारे विपक्षी तीन दलसहित एमालेको एक पक्षले निर्णायक वार्ता गर्ने सहमति जुटेको हो ।

राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रतिनिधिसभाका सदस्यलाई विश्वासको मत पु¥याउने आधार प्रस्तुत गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिनभएको छ ।वैकल्पिक सरकार गठन गर्न सकिने सर्वदलीय बैठकको निष्कर्ष रहेको स्रोतले बताएको छ।