राजनीति

सर्वदलीय बैठकमा नेपालसमूहलाई पनि बोलाइयो


काठमाडौँ – नेपाली कांग्रेसले आह्वान गरेको सर्वदलीय बैठकमा नेकपाका माधवकुमार नेपाल समूहलाई पनि बोलाएको छ । अहिले दिउँसको कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्डमा सर्वदलीय बैठक बस्दै छ । साही बैठकमा सत्तारुढ दल एमालेका नेपाल समूहलाई पनि बोलाइएको हो ।

आजै बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रपति, प्रधानमन्त्रीका कदम संविधानविपरीत भएको भन्दै अन्य दलसँग छलफल गरी रणनीति तय गर्ने निर्णय गरेको थियो।

केहीबेरमा बस्ने भनिएको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादवसहित एमाले नेता माधव नेपाललाई पनि खबर गरिएको कांग्रेसका एक पदाधिकारीले बताएका छन् ।
आज (शुक्रबार( बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा राष्ट्रपति विरुद्ध महाअभियोगबारे छलफल भएको छ । बैठकले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको मर्म र भावनालाई बारम्बर कुल्चिएको निष्कर्ष निकालेको हो।