राजनीति

राष्ट्रपतिलाई महाअभियोग लगाऔँ : गगन थापा



काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रपतिले दिएको समय अगाबै नयाँ सरकार बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीको बिदा गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रपतिले वैकल्पिक सरकार निर्माणका लागि दलहरुलाई २१ घण्टा समय दिएको बिषयमा नेता थापाले समाजिक संजालमा प्रतिक्रिया जनाउदै यस्तो बताउनुभयो ।

उहाँले प्रधानमन्त्री ओली र राष्ट्रपती मिलेर कदम चालेको प्रती आक्रोश जनाउदै राष्ट्रपतिलाई पनि महाअभियोग लगाएर हटाउनु पर्ने उल्लेख गर्नुभएको छ ।

थापाले लेख्नुभएको छ ‘विश्वासको मत लिन मन नलागे प्रमले राजिनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो नेतागण,के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो ? जानेर गरेको हो , गनगन गरेर नबसौं। सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलिलाई बिदा गरौं, महाअभियोग लगाएर रापलाई बिदा गरौं ।