राजनीति

बादल हार्दा जताततै खुसीयाली, पूर्व माओवादीप्रति ओलीको भित्रि रहस्य अर्कै, अब संकट चुलियो(भिडियोसहित)

बादलसहित सात मन्त्रीलाई ओलीले साथ छाड्दै


काठमाडौँ – नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादल राष्ट्रियसभा उपनिर्वाचनमा पराजित भएका छन् । बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा उनी खिमलाल देवकोटासँग पराजित बनेका हुन् । राष्ट्रिय सभा सदस्यका लागि विहिबार भएको उपनिर्वाचनको मत परिणामका बारेमा रामबहादुर थापा बादलको हालका बारेमा थुप्रै अडकलहरु लगाइएको थियो । नभन्दै उनी एमालेकै अर्का उम्मेदवार खिमलाल देवकोटासंग पराजित भएका छन् ।

मतभार अनुसार बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याउन सफल भए । उपनिर्वाचनमा प्रदेश सभा सदस्य ११० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता रहेकोमा प्रदेश सभा सदस्यतर्पm १०५ जना र स्थानीय तहतर्फ २३३ जना गरी जम्मा ३३८ जनाले मतदान गरेका थिए । यसमध्ये कोरोना भाइरस संक्रमित मतदाताको संख्या २५ थियो । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तह सदस्यतर्फको मतभार १८ रहेको छ । मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको थियो ।

हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा मतदान भएको थियो । नेकपाबाट निर्वाचित गृहमन्त्री थापालाई दल त्यागसम्बन्धी कानूनका आधारमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेपछि रिक्त स्थानमा यो निर्वाचन भएको हो । जसमा बादल पराजित हुनुका साथै अब सांसद रहने बाटो बन्द भएको छ । बागमती प्रदेशमा एमालेकै देवकोटालाई विपक्षी गठबन्धनको तर्फबाट उम्मेदवार बनाउन माधव नेपालले भूमिका खेलेका थिए । त्यसपछि दबावमा रहेका ओलीले पछिल्लो समय नेपाललगायत ४ नेताको कारबाही फुकुवा गर्दै वार्ता प्रक्रिया चलिरहेको थियो । तर, विहीबारको मतदानमा नेपाल समूहले बादललाई सघाएन र देवकोटातर्फ मत खन्यायो ।

यही अवस्थाको मध्यनजर गरी प्रधानमन्त्री ओलीले निर्वाचन आचारसंहिताको समेत उल्लंघन हुने गरी बादललाई मत दिन धम्कीपूर्ण विज्ञप्ती जारे गरेका थिए । त्यसरी जारी गरेको ओलीको अपील समेत बेकार बन्यो । बादलको पराजय र आजै सर्वाेच्च अदालतले सात मन्त्रीहरुको नियुक्ती बदर गरिदिनुले पूर्व माओवादीलाई एकैपटक दुई ठूलो बज्रपात परेको हो । तर निवर्तमान श्रम मन्त्री गौरीशंकर चौधरीले कुनै एउटा निर्वाचनको हार र अदालतको फैसलाले आफूहरु आत्तिने अवस्थामा नरहेको प्रतिक्रिया दिए ।

तर एमालेको ओली तथा माधव पक्षको निकटता बढ्दै जाँदा पूर्व माओवादीहरुलाई एकैसाथ आइलागेको संकट संयोग मात्रै नभई आगामी राजनीतिमा ओलीको कुटिल गोटी भएको कतिपयको टिप्पणी छ । मन्त्रीहरुको नियुक्तीमा सर्वाेच्चमा परेको रिटका संम्वन्धमा कतिपयले सरकारको कार्यलाई सदर गरिदिने अनुमान गरेका थिए । तर स्थिति फरक बनेको छ ।