राजनीति

बादल पराजित भएसंगै बाँस्कोटाको आक्रोश : दुध ख्वाएर पालेका साँपले डसे


काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राष्ट्रिय सभाको उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’ पराजित भएपछि आक्रोश व्यक्त गरेका छन् । उनले नेकपा एमालेबाट उम्मेदवार बनेका बादल पराजित हुनुमा आफ्नै पार्टीका नेताहरुबाट अन्तर्घात भएको आसय पोख्दै ‘दुध ख्वाएर पालेका साँपले डसे’को जनाएका हुन् ।

बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुध ख्वाएर पालेका साँपले डसेका हुन् । विपक्षीसँग कुनै गुनासो छैन, समयको अन्त्य हैन नयाँ सुरुवात मात्र ।’ थापा पराजित हुनुमा आफ्नै दलका नेताहरु कारक रहेको औंल्याँउदै बाँस्कोटाले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका हुन् । बाग्मती प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई पराजित गर्दै डाक्टर खिमलाल देवकोटा निर्वाचित भएका छन् ।