राजनीति

सात मन्त्रीको पद गुम्यो : मन्त्री हुन एमालेमा आएका नेताको भविष्य के हुन्छ अब ?

बादलको भविष्यमा ‘कालो बादल’


काठमाडौँ – गैर सांसद मन्त्रीहरूले पुनःनियुक्तिलिएको विषयसंविधान र कानुनविपरीत भन्दै सर्वोच्चले पद खारेज गरिदिएको छ । प्रधानन्यायाधीशचोलेन्द्र शम्शेर जबराको एकलइजलासले उनीहरुलाई मन्त्रीको हैसियतमाकामगर्न रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको हो । योसंगै माओवादी केन्द्रबाटएमालेमाप्रवेश गरि मन्त्रीबनेका सात नेतापदविहिनभएकाछन् ।

पदकालागि पार्टी छोडेको अथवा मन्त्री बन्न एमालेमा प्रवेश गरेकोआरोप लाग्दै आएका माओवादी केन्द्रका सात पूर्व नेताहरुले विहिबार मन्त्रीपदबाट पनि हातधुनु प¥यो । माओवादीबाट निर्वाचित भएर एमालेमा प्रवेश गरि मन्त्रीबनेका उनीहरुको सांसद पद यसअघि नै खोसिएको थियो । त्यसयता गैर सांसदका रुपमा मन्त्री बनिरहेका उनीहरुलाई विहिबार सर्वाेच्चको फैसलाले मन्त्री पद समेतखारेज गरिदिएको हो ।

प्रधानमन्त्री केपीशर्मा ओलीले अल्पमतको सरकारको नेतृत्वगर्दा गैर सांसद मन्त्रीहरूले पुनःनियुक्तिलिएको भन्दै रिट परेपछि प्रधानन्यायाधी शचोलेन्द्र शम्शेर जबराको एकल इजलासले उनीहरुलाई मन्त्रीको हैसियतमा काम गर्न रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको हो ।

पद गएका सातमध्ये गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्ट तत्कालिन नेकपामा माओवादी केन्द्रको कोटाबाट मन्त्री बनेका हुन् । ऊर्जामन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्रीप्रभु साह, खानेपानी मन्त्री मणिचन्द्र थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवातथा खेलकुद मन्त्री दावा तामाङ भने नेकपा खारेजपछि एमालेमा प्रवेश गरेर मन्त्री भएकाहुन् ।

पार्टी परित्याग गरेको भन्दै माओवादीले सांसद खोसेपछि उनीहरुको ६ महिने मन्त्रीमा परिणत भएका थिए । तर प्रधानमन्त्रीले संसद्माविश्वास गुमाएको र विपक्षीलेपनि सरकार दिननसकेको बेलामा दोहो¥याएर गरिएको नियुक्ति र शपथग्रहण संविधानको धारा ७८ को १, २ र ३ को व्यवस्थाविपरित भएको ठहर गर्दै सर्वाेच्चले फैसला गरेको हो । जसकाकारण भविष्य नै दाउमा परेको मन्त्रीहरुले फैसलालाई अप्रत्यासित रुपमा लिएकाछन् ।

सात नेताहरुको मन्त्री पद गएर राजनीतिकभविष्य नै दाउमा परेका प्रधानमन्त्री ओलीलाई भने यसले फाइदा नै गरेको कतिपयको बुझाई छ ।किनकि सांसद पद गएपछिउनीहरु ओलीका लागि उपयोगहिन जस्तै बनेकाथिए ।

प्रधानमन्त्री ओलीका लागिन त संसदमा विश्वासको मतलिन काम आउने, न त पार्टीभित्र व्यवस्थापन नै सहजथियो । बरु उनीहरुको पद जाने भएपछि ओलीले जसपा वा माधवपक्षलाई सरकारमा सामेल गराएर बहुमत पु¥याउने बाटो खुलेको छ ।

गृहमन्त्री थापा आफ्नै पद गएपछि रिक्त रहेको बागमतीप्रदेश अन्तर्गतको राष्ट्रिय सभाको उपनिर्वाचनमा विहिबार नै एमालेबाट चुनावलडेका थिए । तर उनलाई हराउँदै डा. खिमलाल देवकोटाले बाजीमारे ।

त्यसैले अब थापा सहितका नेताका लागि एमालेको कार्यकर्ता भएर बस्नुबाहेकको विकल्प छैन । किनकि न उनीहरु अब फेरि माओवादीमा फर्किएर राजनीतिगर्न सक्छन् । न एमालेमा सम्मानजनक स्थान नै पाउने अवस्थादेखिन्छ । त्यसैले मन्त्री पद गुमेका सात नेताको भविष्य अध्याँरोमा ढुङगाहाने जस्तो बनेको छ ।