राजनीति

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने, ९ जेठमा संसद् अधिवेशन आह्वान


काठमाडौँ – मन्त्रिपरिषद्को बिहीबारको बैठकले जेठ ९ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ । प्रतिनिधिसभाको अधिवेशन जेठ ९ गते बोलाउने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले जानकारी दिनुभयो । साथै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको आह्वान गर्न राष्ट्रपतिलाई मार्ग प्रशस्त गर्ने बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री ओलीले विश्‍वासको मत लिने आफ्‍नो चाहना नरहेको बताउनुभएको हो । प्रतिनिधिसभाको सदस्यले आफूमा संसद्को विश्वास रहेको आधारसहित कुनै सदस्यले दाबी गरेमा त्यस्तो सांसदलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नसक्ने व्यवस्था छ ।

‘संविधानको धारा ७६ को उपधारा ५ मा लेखिएको छ, ‘उपधारा ३ बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ ।’