राजनीति

मन्त्री पद गुमेपछि चौधरीको प्रतिक्रिया : ओलीसँग कुरा हुन्छ, प्रचण्डसँग मिल्न जादैनौँ (भिडियोसहित)


काठमाडौँ – नेकपा एमालेका नेता तथा निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले गैर सांसदलाई मन्त्री पदबाट पदमुक्त गर्ने सर्वोच्चको आदेश अप्रत्यासित भएको बताउनु भएको छ ।

सर्वोच्च अदालतले बुधबार गैरसांसद सात जना मन्त्रीलाई पदमुक्त गर्ने आदेश सुनाएको थियो । यो आदेशसँगै चौधरी पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीबाट पदमुक्त भएका छन् ।

योहो टेलिभिजनसँग कुरा गर्नुहुँदै एमाले नेता चौधरीले सर्वोच्चको आदेश अप्रत्यासित भएको बताउनु भयो । जिम्मेवारपूर्ण ढंगले आदेश नआएको उहाँले बताउनुभयो ।