राजनीति

हामीले इतिहास रचेका छौं, ‘यो मेरो मात्र विजय होइन, स्वतन्त्र नागरिकको जित हो : खिमलाल देवकोटा


काठमाडौँ – राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा विजयी डा. खिमलाल देवकोटाले राजनीतिक दलको समर्थनमा स्वतन्त्र नागरिकले निर्वाचन जितेर इतिहास रचेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको उपनिर्वाचनमा बादललाई हराएर विजयी भएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै देवकोटाले भन्नुभयो ‘हामीले इतिहास रचेका छौं, किनभने स्वतन्त्र नागरिकलाई मेजर पोलिटिकल पार्टीले सपोर्ट गरेर चुनावमा उठाउनु भनेको नेपालको पहिलो अनुभव होला, सांसरमा पनि सायद पाइदैन ।’

साथै उहाँले यो जित आफ्नो मात्र नभई स्वतन्त्र नागरिकको जित भएको बताउनुभयो । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए । देवकोटाले राष्ट्रियसभा विज्ञहरुको थलो हो भन्दै अब त्यहाँ प्रदेश र स्थानीय तहको पक्षमा आवाज उठाउने बताउनुभयो ।