राजनीति

राष्ट्रियसभा उपनिर्वाचन : स्थानीय तहमा गृहमन्त्री थापाको हार


काठमाडौँ – राष्ट्रिय सभाको उपनिर्वाचनको मतगणना जारी छ । राष्ट्रियसभाको वाग्मती प्रदेशबाट निर्वाचित हुने एक पदका लागि गराइएको उपनिर्वाचनको स्थानीय तहतर्फको मत परिणाम प्राप्त भएको छ ।

जसमा सत्तारुढ दल नेकपा एमालेका उम्मेदवार गृहमन्त्री रामबहादुर थापाको हार भएको छ । थापाको सूर्य चिह्नमा १८५४ मत प्राप्त हुँदा विपक्षीहरुका साझा उम्मेदवार डा. खिमलाल देवकोटाले २३०४ मत पाउनुभएको छ । उता नेमकिपाका उम्मेदवारले भने ३६ मत पाउनुभएको छ ।

मतगणना जारी छ । अहिले प्रदेश सांसदहरुले हालेको मत गणना भइरहको छ ।