राजनीति

सीसीएमसी खारेज गर्नुपर्छ, कोरोना महामारी रोकथाम गर्न छुट्टै संयन्त्र बनाउछौँ : माओवादी केन्द्र


काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सकिएको छ । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले कोरोना महामारी रोकथाम, उपचार तथा नियन्त्रणका निम्ति छुट्टै संयन्त्र बनाउने भएको छ ।

पार्टीको स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा संयन्त्र निर्माण गर्ने निर्णय गरेको हो । यो संयन्त्र प्रदेश, जिल्लादेखि स्थानीय तहसम्म निर्माण हुने स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले बताउनुभयो । माओवादी केन्द्रले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को खारेज गर्नुपर्ने माग राख्ने पनि निर्णय गरेको पनि पोखरेलले जानकारी गराउनुभयो ।

साथै, माओवादी केन्द्रले सीसीएमसीको कामै नभएको र यसले कुनै राम्रो काम नगरेको निष्कर्ष निकालेको छ । साथै महामारी रोकथामका लागि माओवादी केन्द्रले कोष समेत निर्माण गर्ने भएको छ । केन्द्रीय कोष बनाएर महामारी रोकथाममा सक्रिय हुने बैठकले निर्णय गरेको छ । आफ्नै पार्टी कोषबाट अक्सिजन प्लान्ट निर्माणको पहल पनि गर्ने माओवादीले निर्ण