राजनीति

भारतमा शक्तिशाली ‘ताउते’ चक्रवातको खतरा, नेपाल पनि प्रभावित


काठमाडौँ – कोरोनासँग जुँधिरहेको भारतमा ताउते चक्रवातको खतरा सकिनेवित्तिकै भारतलाई अर्को चक्रवातले प्रभावित पार्ने भएको छ । भारतीय मौसम विभागका अनुसारअब भारतमा देखा पर्न लागेको चक्रवात बंगालको खाडीमा निर्माण हुन लागेको हो ।

भारतीय संचारमाध्यमका अनुसार भारतीय प्रायद्वीपको पश्चिततर्फ अरब सागरमा यो चक्रवात निर्माण भएको छ । यसकै कारण भारतको तटीक्ष क्षेत्रमा ठूलो परिणाममा वर्षा भएको छ भने नेपालमा पनि लगातार पानी पर्ने र हिमाली क्षेत्रमा हिमपात भएको छ।

भारतमा यो चक्रवातको खतरा नटरेसम्म नेपालमा पानी पर्ने सम्भावना रहिरहन्छ।