राजनीति

हेटौँडामा उपनिर्वाचनको मतदान जारी


काठमाडौँ – बाग्मती प्रदेशको राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि उपनिर्वाचनमा मतदान प्रक्रिया जारी रहेको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहान ९ बजे मतदान गरेर प्रक्रिया प्रक्रिया अघि बढाएका हुन् ।
हेटौँडाको भूटनदेवी माध्यमिक विद्यालयमा निर्धारण गरिएको निर्वाचन केन्द्रमा प्रदेशसभा सदस्यका लागि उपकेन्द्र ‘क’, स्थानीय तहका प्रमुख उपप्रमुखका लागि ‘ख’ र कोरोना सङ्क्रमित मतदाताका लागि ‘ग’ गरी तीनवटा उपकेन्द्र निर्धारण गरिएको छ । उपनिर्वाचनमा प्रदेश सभा सदस्य ११० जना र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता छन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रतिनिधिको मतभार १८ रहने व्यवस्था छ । मतदानको नतीजा आजै सार्वजनिक गरिने छ ।