देश

एमाले पूर्वसांसद यादवको निधन


काठमाडौँ – पूर्वसांसद एवम् नेकपा एमालेका नेता योगनारायण यादवको कोरोना संक्रमणका कारण निधन भएको छ। ५२ वर्षीय यादवको उपचारको क्रममा मेडिसिटी अस्पतालमा बुधबार राति निधन भएको हो।
उनी धनुषाको सबैला नगरपालिका वडा नं। १ यादव २०५६ सालमा सांसदमा निर्वाचित भएका थिए। स्थानीय सुरेश यादवका अनुसार उनी दुवै मिर्गौला खराब भएपछि मिर्गौला प्रत्यारोपणको तयारीअनुसार अस्पताल भर्ना भएका थिए ।
गत चैत महिनामा सबैलामा विद्यालय व्यवस्थापन समिति गठनको विवादमा झडप हुँदा दुई जनाको मृत्यु भएको घटनामा यादव मुछिएका थिए। जिल्ला अदालतले वारेन्ट जारी गरेपछि यादवलाई प्रहरीले काठमाडौंबाट पक्राउसमेत गरेको थियो।